ग्लोबल


भारतमा सुरु भयो मनसुनी गतिविधि, तीन राज्यमा ‘रेड अलर्ट’ जारी

भारतमा सुरु भयो मनसुनी गतिविधि, तीन राज्यमा ‘रेड अलर्ट’ जारी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १०:१७, काठमाडौँ

औसत मितिभन्दा झन्डै एक हप्ताअघि नै मनसुन भित्रिएको भारतका तीन राज्यमा भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले ‘रेड अलर्ट’ जारी गरेको छ।

भारतका तीन दक्षिण राज्यहरू- कर्नाटक, केरला र तमिलनाडुमा मे २६ मा भारी वर्षा हुने चेतावनी जारी गरिएको हो।

साथै भारतीय मौसम विभागले राजस्थानमा भीषण गर्मी हुने चेतावनी पनि जारी गरेको छ। साथै बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तेज हावासँगै वर्षा हुने अनुमान गरिएको छ।

आईएमडीले आगामी दिनमा दक्षिणपश्चिम मनसुन मध्य अरब सागरका केही थप भाग, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र उत्तरपूर्वी राज्यका केही थप भागमा अगाडि बढ्न अनुकूल अवस्था रहेको जानकारी पनि गराएको छ।

भारतीय प्रान्त केरलामा मनसुन भित्रिने औसत मिति यही मे ३० तारिख भए पनि मे २४ कै दिन भित्रिसकेको छ। 

यस आधारमा यस वर्ष नेपालमा पनि औसत मितिभन्दा अगाडि नै मनसुन प्रवेश गर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad