ग्लोबल


३५ वर्षमा पहिलोपटक यति चाँडै महराष्ट्र आइपुग्यो मनसुन, हुन थाल्यो भारी वर्षा

३५ वर्षमा पहिलोपटक यति चाँडै महराष्ट्र आइपुग्यो मनसुन,  हुन थाल्यो भारी वर्षा

नेपालखबर
जेठ १२, २०८२ सोमबार १३:५३, काठमाडौँ

भारतीय राज्य महाराष्ट्रमा मनसुन प्रवेश गरेको छ।

३५ वर्षमा पहिलोपटक राज्यमा यति चाँडो मनसुन आइपुगेको भारतको मौसम विभाग (आईएमडी) ले बताएको छ। 

आईएमडीले आगामी तीन दिनमा दक्षिणपश्चिम मनसुन मुम्बई र केही अन्य भागमा पुग्ने अनुमान गरेको छ। 

मनसुन भित्रिएसँगै महाराष्ट्र राज्यका धेरै भागहरूमा भारी वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

भारतीय मौसम विभागले आगामी तीन दिनमा मुम्बईमा पनि मनसुन आइपुग्ने बताएको छ।

आइतबारदेखि मुम्बईमा पानी परिरहेको छ। आइतबार रातिदेखि मुम्बई र वरपरका क्षेत्रमा पानी परिरहेको छ।

भारतमा चाँडै मनसुन प्रवेश गरेपछि नेपालमा पनि यो छिट्टै भित्रिने अनुमान यहाँका मौसमविद्ले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad