ग्लोबल


हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला

हरियाणामा एउटा कारभित्र एकै परिवारका ७ जना मृत फेला

कार भित्र ७ वटा शव। तस्बिर: नवभारत टाइम्स


नेपालखबर
जेठ १३, २०८२ मंगलबार ९:१७, काठमाडौँ

भारतीय राज्य हरियाणाको पञ्चकुलामा एउटा कारभित्र एकै परिवारका सात जना मृत फेला परेका छन्।

पञ्चकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बताइन्।

उनले भनेकी छन्, 'प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ।'

समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादुनवासी एकै परिवारका सदस्य थिए।

मृतकमा दम्पती, उनीहरूका तीन छोराछोरी र दुई वृद्ध सदस्य छन्।

प्रहरीले सोमबार राति ११ बजेतिर सेक्टर २७ मा घटना भएको र सबैको शव कारबाट बरामद भएको बताएको छ।

कारमा उत्तराखण्डको देहरादुन नम्बर भेटिएको थियो।

डीसीपी कौशिकले प्रथम दृष्टिमा आत्महत्याजस्तो देखिए पनि सबै फोरेन्सिक प्रमाणहरू संकलन गरी अनुसन्धान भइरहेको बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad