ग्लोबल


पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय कर्मचारी पक्राउ

पाकिस्तानका लागि जासुसी गरेको आरोपमा भारतीय कर्मचारी पक्राउ

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:२, काठमाडौँ

भारतको राजस्थान राज्य सरकारका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि लागि जासुसी गरेको आशंकामा पक्राउ गरिएको छ। 

राज्यको रोजगार विभागमा कार्यरत शकुर खान मंगलियारलाई सीआईडी र गुप्तचर एजेन्सीहरूको संयुक्त टोलीले जैसलमेरस्थित उनको कार्यालयबाट नियन्त्रणमा लिएको हो।

मंगलियारलाई थप सोधपुछका लागि जयपुर लगिने सम्भावना छ। साथै उनको सम्बन्ध कंग्रेससँग रहेको आशंका गरिएको छ।

अधिकारीहरूले सीमा क्षेत्रका एक वरिष्ठ कंग्रेस नेता र मंगलियारबीच शंकास्पद सम्बन्धको पनि अनुसन्धान गरिरहेका छन्।

शकुर खान

यद्यपि सुरक्षा एजेन्सीहरूले राजनीतिक सम्बन्धबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्।

गुप्तचर स्रोतहरूले मंगलियार र पाकिस्तानी दूतावासका एक अधिकारीबीच सम्भावित सम्बन्धको खुलासा गरेका छन्, जसले आईएसआईसँग उनको सम्बन्धको संकेत गर्छ।

यसअघि पाकिस्तानका लागि जासुसी गरेको आरोपमा पन्जाब र हरियाणामा धेरै जनालाई गिरफ्तार गरिसकिएको छ।

मंगलियारले अघिल्लो कंग्रेस नेतृत्वको राज्य सरकारका बेला एक कंग्रेस पदाधिकारीको व्यक्तिगत सहायकका रूपमा काम गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार राज्य सरकारका कर्मचारीविरुद्ध अपरेसन सिन्दूरको केही दिनपछि यो कदम चालिएको हो।

पाकिस्तान सीमानजिकै रहेको बडोदा गाउँअन्तर्गत मंगलियाको धानी बस्ने मंगलियारलाई धेरै हप्तादेखि निगरानीमा राखिएको थियो।

अनुसन्धानकर्ताहरूले उनको मोबाइलमा धेरैवटा पाकिस्तानी फोन नम्बर फेला पारिएको बताएका छन्।

उनले हालैका वर्षमा कम्तीमा सातपटक पाकिस्तान भ्रमण गरेको पनि स्वीकार गरेको दाबी गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad