इजरायलको आक्रमण सामना गरिरहेको उत्तरी गाजाको मुख्य सहरमा अराजकता र लुटपाट मच्चिएको छ।
केही हप्तादेखि त्यहाँ अत्यावश्यक सहायता पुग्न सकेको छैन। स्थानीय प्यालेस्टिनीहरू खानाको खोजीमा भौंतारिरहेका छन्।
हमासद्वारा सञ्चालित गृह मन्त्रालयले गाजा सहरको बजारमा तैनाथ आफ्ना सात प्रहरी अधिकारी बिहीबार इजरायली हवाई आक्रमणमा मारिएको बताएको छ।
हमासका अनुसार, ती अधिकारी व्यवस्था कायम राख्न र 'लुटेराहरू'विरुद्ध खटिएका थिए।
इजरायली सेनाले भने अहिलेसम्म घटनाबारे कुनै टिप्पणी गरेको छैन।
तर केही दिनयता गाजामा 'आतंकवादी लुकेका ठाउँहरू'मा आक्रमण गरिरहेको बताएको छ।
स्थानीय डाक्टर र उद्धारकर्मीले बिहीबार त्यस क्षेत्रभरि कम्तीमा ४४ जनाको मृत्यु भएको बताएका छन्। जसमध्ये २३ जना केन्द्रीय बुरेइज शरणार्थी शिविरमै मारिएका हुन्।
यसअघि संयुक्त राष्ट्र संघले मध्य सहर देइर अल-बलाहमा ‘भोका मानिसहरूको भिड’ खाद्यान्न गोदाममा प्रवेश गर्दा कम्तीमा दुई जनाको गोली हानी हत्या गरिएको थियो।
इजरायलको नाकाबन्दीबीच ११ हप्तापछि राहत सामग्री घटनास्थल आइपुगेको थियो।
गोली कसले चलायो भन्ने कुरा अझै स्पष्ट भएको छैन।
Shares

प्रतिक्रिया