ग्लोबल


टर्कीमा विपक्षी दलका सदस्यहरूलाई गिरफ्तार गर्न आदेश

टर्कीमा विपक्षी दलका सदस्यहरूलाई गिरफ्तार गर्न आदेश

इस्तानबुलका मेयर एकरेम इमामोग्लुको गिरफ्तारीले यस क्षेत्रमा अशान्ति फैलाएको छ।


नेपालखबर
जेठ १७, २०८२ शनिबार २१:९, काठमाडौँ

टर्कीका अधिकारीहरूले इस्तानबुल र अदाना सहरमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका सदस्यसहित धेरै व्यक्तिलाई पक्राउ गर्न आदेश दिएका छन्।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले ४७ जनालाई हिरासतमा राख्न आदेश जारी गरेको छ र ३० जनालाई हिरासतमा लिइएको छ।

पक्राउ परेका अन्यमा स्थानीय मेयर र इस्तानबुलका अधिकारी पनि छन्।

राजनीतिक विरोधीहरूलाई गिरफ्तार गरिएको यो पाँचौँपटक हो।

यसको सुरुवात मार्चमा इस्तानबुलका मेयर एकरेम इमामोग्लुलाई जेल हालेपछि सुरु भएको थियो। जसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ।

टर्की सरकारले राजनीतिक हस्तक्षेपको दाबी अस्वीकार गर्दै न्यायपालिका स्वतन्त्र रहेको दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad