ग्लोबल


हनिमुन मनाउने क्रममा बेपत्ता सोनम अन्ततः पति हत्या आरोपमा पक्राउ

हनिमुन मनाउने क्रममा बेपत्ता सोनम अन्ततः पति हत्या आरोपमा पक्राउ

सोनम रघुवंशी र राजा रघुवंशी जोडीको फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८२ सोमबार ९:५, काठमाडौँ

भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौर जिल्लास्थित सकार नगरबाट हनिमुन मनाउन मेघालय गएका यातायात व्यवसायी राजा रघुवंशीको हत्या अन्ततः उनकै श्रीमतीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ। 

श्रीमान् मृत भेटिए पनि १७ दिनदेखि बेपत्ता सोनम रघृवंशी आज (जुन ९ तारिख) गाजीपुरमा फेला परेकी हुन्।

उनैले भाडाका मानिस लगाएर पतिको हत्या गराएको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको छ। साथै अन्य ३ जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

यही मे २३ मा हनिमुन मनाउन मेघालय पुगेका २९ वर्षीय राजा रघुवंशी ११ दिनपछि जुन २ मा पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिएका थिए भने सोनम बेपत्ता थिइन्। 

तर अन्तत: उनी १७ दिनपछि सोमबार पतिको हत्या आरोपमा गाजीपुरबाट गिरफ्तार भएकी हुन्।  

उनी मेघालयको शिलोङबाट गाजीपुर कसरी पुगिन् र यी १७ दिन उनले कसरी बिताइन् भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

गत मे ११ मा मा विवाह गरेका राजा र सोनम मे २० मा हनिमुन मनाउन भनेर इन्दौरबाट मेघालय प्रस्थान गरेका थिए। 

सोनम पक्राउपर्नुअघि प्रहरीले उनीहरूको सीसीटीभी फुटेज फेला पारेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad