ग्लोबल


इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक

इजरायलद्वारा २०० वटा विमानबाट आक्रमण
इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार १५:४२,

शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी सेनाको चेन अफ कमान्डको शीर्षमा रहेका तीन जनरल मारिएका छन्। 

त्यस्तै इरानको आणविक कार्यक्रम विकास गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक पनि मारिएका छन्।

इजरायली सेनाका अनुसार सो आक्रमणमा २ सय वटा लडाकु विमान प्रयोग गरिएको थियो। जसले इरानभरका एक सयभन्दा बढी निसानामा बम प्रहार गरेको थियो।

यो आक्रमण इरान–इराक युद्धपछि तेहरानमाथिको सबैभन्दा ठूलो आक्रमण हो। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसको भरपूर जवाफ दिइने बताएका छन्।

अमेरिकाले आक्रमणमा आफ्नो हात नरहेको बताए पनि इरानी प्रत्याक्रमणबाट इजरायललाई भने बचाउने प्रतिबद्धता जनाएको छ।

इजरायली आक्रमणमा मारिएकाहरुको विवरण यसप्रकार छ : 

जनरल
मेजर जनरल मोहम्मद बगेरी : जनरल बगेरी इरानी सेनाका चिफ अफ स्टाफ थिए। अर्थात् सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछिको शीर्ष कमान्डर थिए।

जनरल हुसेन सलामीः सलामी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ हुन्। यो इरानको प्रमुख सैन्य शक्ति हो।

जनरल गुलाम अली रासिद : रासिद सेनाको डेपुटी कमान्डर इन चिफ हुन्।

वैज्ञानिकहरु
फेरेदुन अब्बासी : उनी इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका पूर्वप्रमुख हुन्।

मोहम्मद मेहदी तेहरानची : उनी सैद्धान्तिक भौतिकशास्त्री तथा तेहरानस्थित इस्लामिक आजाद युनिभर्सिटीका प्रमुख हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad