ग्लोबल


अमेरिकामा २ सांसदलाई घरभित्रै पसेर गोली हानियो

अमेरिकामा २ सांसदलाई घरभित्रै पसेर गोली हानियो

मेलिसा होर्टम्यान र जोन हफम्यान


नेपालखबर
जेठ ३१, २०८२ शनिबार २१:२९, काठमाडौँ

अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई उनीहरूको घरमै पसेर गोली हानिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कलाई गोली हानी मारिएको हो। 

यस्तै डेमोक्र्याटिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई पनि धेरैपटक गोली हानिएको छ। उनीहरू भने घाइते मात्र भएका छन्। दुवै जनाको शल्यक्रिया गरिएको छ भने उनीहरू बाँच्ने सम्भावना रहेको डाक्टरहरूले बताएका छन्। 

यो जानकारी मिनेसोटाका गभर्नर टिम वाल्जले दिएका हुन्। उनका अनुसार यो आक्रमण राजनीतिक कारणले गरिएको देखिन्छ।

प्रहरीका अनुसार उल्लिखित दुई सांसदका घर एकअर्काबाट केही माइलको दूरीमा च्याम्पलिन र ब्रुकलिन पार्कमा छन्। 

ब्रुकलिन पार्कका मानिसहरूलाई घर भित्रै बस्न भनिएको छ। प्रहरीले कुनै अपरिचित व्यक्तिले ढोका ढकढक्यायो भने ढोका नखोल्न बरु ९११ मा फोन गरेर जानकारी गराउन भनेको छ। 

यो आक्रमण राजनीतिक कारणले गरिएको हो वा अन्य कारण भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad