गृहमन्त्री रमेश लेखकले अब बयानमा आधारित नभइ विज्ञानमा आधारित अनुसन्धान सुरु गर्नुपर्ने बताएका छन्।
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको तेस्रो राष्ट्रिय सम्मेलन समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विज्ञानमा आधारित अनुसन्धान अघि बढाउँदा त्यसको उपयोग सही ढंगले गर्नुपर्नेमा जोड दिए।
मुद्दामा पनि नयाँनयाँ चुनौतिहरु देखिरहेको उल्लेख गर्दै त्यसअनुसार नै अघि बढ्न जरुरी बताएका उनले पुरानै प्रक्रिया र पद्धतिले अब अनुसन्धान सम्भव नरहेको जिकिर गरे।
‘अहिले विज्ञताको क्षेत्र पनि अलि बढ्दै गएको छ र फरक पनि हुँदै गएको छ,’ लेखकले भने, ‘नयाँ नयाँ चुनौतिहरु आइरहेका छन्। नयाँ नयाँ चुनौति फेस गर्न पुरानै प्रक्रिया र पद्धतिले सम्भव छैन। अब बयानमा आधारित अनुसन्धान भन्दा विज्ञानमा आधारित अनुसन्धान अघि बढाउनुपर्छ। विज्ञानमा आधारित अनुसन्धान त गर्ने तर त्यसको पनि प्रयोग र उपयोग सही ढंगले गर्नुपर्छ।’
गृहमन्त्री लेखकले फौजदारी न्याय वा मुद्दा स्म्बन्धी व्यवस्था पनि धेरै फराकिलो हुँदै गएको समेत बताए।
Shares

प्रतिक्रिया