समाज


पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

नेपालखबर
जेठ ३१, २०८२ शनिबार २२:१३, काठमाडौँ

पछिल्लो २४ घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभरमा चट्याङबाट १८ जना घाइते भएका हुन्। 

सङ्खुवासभा, मकवानपुर, स्याङ्जा, प्यूठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए। उनका अनुसार रोल्पामा मात्रै ८ जना घाइते भएका छन्। यहाँको बालकल्याण माविको प्राङ्गणमा चट्याङ पर्दा ६ जना बालबालिका घाइते भएका थिए भने रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एक घरमा परेको चट्याङबाट २ जना घाइते भएका हुन्। 

मकवानपुरको राक्सिराङमा २, प्यूठानको ऐरावती गाउँपालिकामा २, दाङको घोराही उपमहानगरपालिकामा २ जना चट्याङबाट घाइते भएका केसीले जानकारी दिए। उनका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट १/१ जना घाइते भएका छन्।

यस्तै, लेक लागेर रसुवामा एक जना र आगलागी हुँदा रुपन्देहीमा २ जना घाइते भएका प्राधिकरणले जनाएको छ। विभिन्न जिल्लामा ३० वटा विपद्का घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad