काभ्रेमा सडकमा हिँडिरहेकी महिलाको करेन्ट लागेर ज्यान गएको छ।
भुम्लु गाउँपालिका–७ की अन्दाजी ४५ वर्षीया देवी उप्रेतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान भुम्लु गाउँपालिका–८ डाँडाथोक तल्लोटारमा विद्युतको पोल अड्याउन राखिएको स्याण्ड नजिक हिँडी रहेको अवस्थामा करेन्ट लागेर उनको ज्यान गएको हो।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।
21
Shares

प्रतिक्रिया