समाज


झापा अर्जुनधारामा अव्यवस्थित बसोबास गर्ने १८ परिवारलाई लालपुर्जा

झापा अर्जुनधारामा अव्यवस्थित बसोबास गर्ने १८ परिवारलाई लालपुर्जा

नेपालखबर
साउन ७, २०८३ बिहिबार १४:१२, काठमाडौँ

झापाको अर्जुनधारा नगरपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। 

जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनीरूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। 

यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तिका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीनरूपमा समाधान गर्दै उनीहरूलाई कानुनीरूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad