ग्लोबल


इजरायलको आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुख मारिए

इजरायलको आक्रमणमा इरानी सेनाका गुप्तचर प्रमुख मारिए

इजरायलले इरानमा गरेको आक्रमणको एक दृश्य।


नेपालखबर
असार २, २०८२ सोमबार ८:१६, काठमाडौँ

इजरायलको आक्रमणमा आइतबार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमी मारिएका छन्। 

साथै उनका उपप्रमुख हसन मोहाक र कमान्डर मोहसेन बाकेरी पनि मारिएको आईआरजीसी सम्बद्ध तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले जनाएका छन्।

यसअघि फक्स न्युजलाई दिएको अन्तर्वार्तामा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि इरानका गुप्तचर प्रमुख र उनका उपप्रमुख मारिएको बताएका थिए। 

यसअघि शुक्रबार इजरायलले इरानी सेनाको चेन अफ कमान्डको शीर्ष तहमा रहेका तीन जनरल र आणविक विकासमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक मारिसकेको छ। 

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबारदेखि जारी इजरायलको हमलामा हालसम्म २२४ जना मारिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad