ग्लोबल


इजरायलको अस्पतालमा इरानको क्षेप्यास्त्र आक्रमण, नेतन्याहुले भने- मूल्य चुकाउनुपर्नेछ

इजरायलको अस्पतालमा इरानको क्षेप्यास्त्र आक्रमण, नेतन्याहुले भने- मूल्य चुकाउनुपर्नेछ

नेपालखबर
असार ५, २०८२ बिहिबार १३:२, काठमाडौँ

इरानले हानेको क्षेप्यास्त्रले इजरायलको अस्पतालमा क्षति पुर्‍याएको र धेरै जना घाइते भएको बीबीसीले जनाएको छ। 

इरानले अस्पताललाई नै लक्ष्य गरेर आक्रमण गरेको आरोप इजरायलले लगाएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले एक्समा पोस्ट गरेका छन्, ‘आज बिहान इरानका आतंकवादी तानाशाहहरूले बेरशेबाको सोरोका अस्पताल र नागरिकमाथि क्षेप्यास्त्र आक्रमण गरेका छन्।’

साथै उनले अब इरानले यसको महँगो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन्। 

इजरायलको आपत्‌कालीन सेवाका मेजर डेभिड एडोम (एमडीए) ले इरानले गरेको आक्रमणमा कम्तीमा ३२ जना घाइते भएको बताएको छ।

सुरुमा जुन १३ मा इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित स्थलमा आक्रमण गरेयता दुई देशबीच द्वन्द्व जारी छ। यसबीच धेरै जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad