ग्लोबल


अमेरिकाको समर्थन गर्दै अस्ट्रेलियाले इरानलाई भन्यो: त्यस्तो कुनै कदम नचाल्नू

अमेरिकाको समर्थन गर्दै अस्ट्रेलियाले इरानलाई भन्यो: त्यस्तो कुनै कदम नचाल्नू

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज


नेपालखबर
असार ९, २०८२ सोमबार १०:४७, काठमाडौँ

अस्ट्रेलियाले अमेरिकाले इरानमा गरेको आक्रमणको समर्थन गरेको बीबीसीले जनाएको छ। 

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणलाई समर्थन गरेका हुन्।

साथै उनले सम्बन्धित सबै पक्षलाई फेरि वार्ता सुरु गर्न अपिल पनि गरेका छन्।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा प्रधानमन्त्री अल्बानिजले भने, ‘हामी कुनै पनि प्रकारका लडाइँ वा ठूलो स्तरका युद्ध चाहँदैनौँ।’

उनले थपे, ‘हामी वार्ता र कूटनीतिका लागि निरन्तर अपिल गरिरहेका छौँ।’

साथै प्रधानमन्त्री एन्थोनी अल्बानिजले इरानलाई आग्रह गरेको छ, ‘त्यस्तो कुनै कदम नचाल्नू, जसले यस क्षेत्रमा अस्थिरता सिर्जना गर्ने खतरा निमत्याओस्।’

अमेरिकाले शनिबार राति इरानका फोर्डो, नातान्ज र इस्फहानका आणविक स्थलमा आक्रमण गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad