कतार र इराकस्थित अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेलगत्तै अर्को खाडी मुलुक बहराइनमा पनि साइरन बजाइएको छ। बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ बेडाको मुख्यालय छ।
त्यहाँको गृह मन्त्रालयले नागरिकहरुलाई नजिकको सुरक्षित स्थानमा बस्न आह्वान गरेको छ।
उता यूएईले आफ्नो हवाइ क्षेत्र बन्द गरेको छ। जसका कारण कयौँ विमानहरुलाई फर्किन बाध्य पारिएको छ।
कुवेत र इराकले पनि हवाइ क्षेत्र बन्द गरेको जनाएका छन्। एजेन्सी
8.5k
Shares

प्रतिक्रिया