इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकाले आफ्नो देशका आणविक स्थलमा आक्रमण गरेर ‘केही पनि प्राप्त नगरेको’ बताएका छन्।
बीबीसीका अनुसार खामेनीले अमेरिकाले इरानको आणविक कार्यक्रम रोक्ने प्रयासमा 'कुनै उल्लेखनीय सफलता' हासिल नगरेको दाबी गरेका हुन्।
बरु उनले कतारस्थित अमेरिकी हवाई अड्डामा इरानको आक्रमणलाई ठूलो 'प्रहार' भनेका छन्।
अमेरिकाले इरानका आणविक स्थलमा गरेको आक्रमणले ठूलो क्षति पुर्याएको कुरा बारम्बार दोहोर्याइरहेका बेला खामेनीको उक्त दाबी आएको हो।
यसैबीच अमेरिकाका रक्षामन्त्रीले अमेरिका र इजरायलले प्राप्त गरेको गुप्तचर जानकारीले आक्रमणले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलिएको देखाएको बताएका छन्।
363
Shares

प्रतिक्रिया