ग्लोबल


यूएसएआईडी कोष कटौतीले डेढ करोड मानिस मर्ने खतरा: ल्यान्सेट रिपोर्ट

यूएसएआईडी कोष कटौतीले डेढ करोड मानिस मर्ने खतरा: ल्यान्सेट रिपोर्ट

यूएसएआईडी अन्तर्गत कंगोली शरणार्थीहरूलाई सहायता वितरण गरिँदै (फाइल फोटो)


नेपालखबर
असार १७, २०८२ मंगलबार १२:२९, काठमाडौँ

'द ल्यान्सेट' मेडिकल जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार अमेरिकाले प्रदान गर्ने मानवीय सहायता कोष कटौती गर्दा सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुने जोखिम देखिएको छ। 

सोमबार प्रकाशित अनुसन्धानले आर्थिक सहायतामा कटौतीका कारण ज्यान जाने जोखिममा रहेका १ करोड ४० लाख मानिसमध्ये एकतिहाइ बालबालिका रहेको उल्लेख गरेको छ। 

अमेरिकका विदेशमन्त्री मार्को रुबियोले मार्चमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) को ८० प्रतिशतभन्दा बढी कार्यक्रम रद्द गरेको जानकारी दिएका थिए। 

ल्यान्सेट रिपोर्टका सहलेखक डेभिड रसेलाले भनेका छन्, ‘धेरै कम र मध्यम आय भएका देशहरूका लागि यो झट्का विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वबराबर हुनेछ।’

१३३ देशको तथ्यांक हेरेपछि अनुसन्धानकर्ताहरूको टोलीले अनुमान गरेको छ- २००१ देखि २०२१ सम्ममा यूएसएआईडी कोषले विकासशील देशहरूमा ९ करोड जनाभन्दा बढीको मृत्यु रोकेको छ।

यूएसएआईडी ले विश्वभरका १०० भन्दा बढी देशलाई आर्थिक सहयोग प्रदान गरिरहेको छ। यूएसएआईडीका लागि कोष अमेरिकी बजेटमा छुट्याइएको थियो।

२०२४ मा अमेरिकाले यूएसएआईडीका लागि ४४.२० अर्ब डलर विनियोजन गरेको थियो। यो २०२४ को लागि अमेरिकाको कुल बजेटको ०.४ प्रतिशत थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad