ग्लोबल


भान्सको ‘टाई-ब्रेकिङ’ मतले ट्रम्पको ‘बिग ब्युटीफुल बिल’ पास

भान्सको ‘टाई-ब्रेकिङ’ मतले ट्रम्पको ‘बिग ब्युटीफुल बिल’ पास

नेपालखबर
असार १८, २०८२ बुधबार ९:१०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयक (बिग ब्युटीफुल बिल) त्यहाँको सिनेटमा निकै मुस्किलले पास भएको छ।

यससँगै उक्त विधेयकले एउटा महत्त्वपूर्ण बाधा पार गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि उपराष्ट्रपति जेडी भान्सको टाई-ब्रेकिङ मतले ट्रम्पको बिग ब्युटीफुल बिल पारित भएको हो। 

विधेयकका पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति भान्सको मत निर्णायक बनेको हो। 

‘संशोधित विधेयक पारित भएको छ’, उपराष्ट्रपति भान्सले मंगलबार भने, ‘यस क्रममा सिनेट रिपब्लिकनहरूले समर्थनमा ताली बजाए भने डेमोक्र्याटहरूले असहमतिमा टाउको हल्लाए।’

विधेयक पारित भएपछि ट्रम्पले भने, ‘यो एक उत्कृष्ट विधेयक हो। यसमा सबैका लागि केही न केही छ।’

अब यो विधेयक तल्लो सदनमा जानेछ। त्यहाँ पनि विधेयकले अझ कडा विरोधको सामना गर्नुपर्ने हुन सक्छ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई हस्ताक्षरका लागि अन्तिम विधेयक पठाउन जुलाई ४ को समयसीमा दिएका छन्।

राष्ट्रपतिको हस्ताक्षरसँगै यो विधेयक कानुन बन्नेछ। सामाजिक कार्यक्रममा खर्च कटौती हुने भएकाले यस विधेयकबारे धेरै विवाद छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad