ग्लोबल


दलाई लामाले भिडिओ सन्देश जारी गर्दै भने: मेरो मृत्युपछि पनि धर्मगुरु छान्ने परम्परा जारी रहनेछ

दलाई लामाले भिडिओ सन्देश जारी गर्दै भने: मेरो मृत्युपछि पनि धर्मगुरु छान्ने परम्परा जारी रहनेछ

तिब्बती बौद्ध धर्मगुरु दलाई लामा यस हप्ता ९० वर्ष पुग्नेछन्।


नेपालखबर
असार १८, २०८२ बुधबार १४:५६, काठमाडौँ

तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले बुधबार आफ्नो उत्तराधिकारीबारे भिडिओ सन्देश जारी गरेका छन्। 

त्यसमा उनले भनेका छन्, ‘मेरो मृत्युपछि पनि धर्मगुरु छनोट गर्ने परम्परा जारी रहनेछ।’

बौद्ध धर्मका तिब्बती आध्यात्मिक नेताले उत्तराधिकारी छनोट परम्परा जारी रहने कुरा यति स्पष्ट रूपमा भनेको पहिलोपटक हो।

उनले अगाडि भनेका छन्, उनको पुनर्जन्म पत्ता लगाउने र पहिचान गर्ने प्रक्रिया पूर्ण रूपमा गादेन फोड्राङ फाउन्डेसनअन्तर्गत हुनेछ र यस विषयमा अरू कसैलाई हस्तक्षेप गर्ने अधिकार छैन।

दलाई लामालाई तिब्बतका संरक्षक संत अवलोकितेश्वर वा चेनरेजिगको जीवित अवतार मानिन्छ। दलाई लामाको भूमिका प्राचीन छ र १५औँ शताब्दीदेखि १४ जना दलाई लामा भइसकेका छन्।

मार्चमा प्रकाशित आफ्नो पुस्तक भ्वाइस फर द भ्वाइसलेसमा दलाई लामाले भनेका थिए, ‘उत्तराधिकारी चीनबाहिर जन्मने सम्भावना पनि छ।’

के विश्वास गरिन्छ भने दलाई लामाको मृत्युपछि उनको पुनर्जन्म हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad