अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स समूहमा रहेका सबै देशले थप १० प्रतिशत भन्सार तिर्नुपर्ने कुरा दोहोर्याएका छन्।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले ब्रिक्स समूहमा रहेका सबै देशले थप १० प्रतिशत भन्सार महसुल तिर्नुपर्नेमा जोड दिएका हुन्।
‘हाम्रो डलरलाई हानि पुर्याउन नै ब्रिक्स स्थापना गरिएको थियो’, ट्रम्पले भने, ‘यदि उनीहरू त्यो खेल खेल्न चाहन्छन् भने ठिक छ, तर म पनि त्यो खेल खेल्न सक्छु।’
यसअघि ट्रम्पले जुलाई ७ मा आफ्नो ट्रुथ सोसल अकाउन्टमा पनि 'ब्रिक्सको अमेरिकाविरोधी नीतिसँग आबद्ध हुने कुनै पनि देशलाई थप १० प्रतिशत भन्सार शुल्क लगाइने' लेखेका थिए।
ब्रिक्स समूहमा चीन, ब्राजिल, रुस, भारत र दक्षिण अफ्रिका आबद्ध छन्।
यसको उद्देश्य आईएमएफ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सुधार गर्ने उपाय खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु हो।
Shares

प्रतिक्रिया