यमनको तटमा रहेको लाल सागरमा लाइबेरियाली झण्डा बोकेको कार्गो जहाज ‘इटरनिटी सी’मा हमला भएको छ।
'अन्तर्राष्ट्रिय समुद्री संगठन' का लागि लाइबेरियाका प्रतिनिधिले जहाजमा क्रूर आक्रमण भएको र दुई नाविकको मृत्यु भएको बताएका छन्।
बेलायतको समुद्री व्यापार सञ्चालन एजेन्सीले साना डुंगाहरूबाट प्रहार गरिएका रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी) बाट जहाज क्षतिग्रस्त भएको बताएको छ। आक्रमणपछि जहाज समुद्रमा ढल्केको छ।
रोयटर्सका अनुसार, इटरनिटी सी जहाजमा फिलिपिन्सका ११ र रुसका एक जनासहित कुल २२ जना चालक दलका सदस्य छन्।
अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन।
765
Shares

प्रतिक्रिया