ग्लोबल


थाइल्यान्डमा भिक्षुहरूसँग यौन सम्पर्क गरेको आरोपमा महिला गिरफ्तार

थाइल्यान्डमा भिक्षुहरूसँग यौन सम्पर्क गरेको आरोपमा महिला गिरफ्तार

प्रतीकात्मक तस्बिर


नेपालखबर
असार ३२, २०८२ बुधबार १९:१९, काठमाडौँ

भिक्षुहरूसँग यौन सम्पर्क गरेको र त्यसपछि त्यसका फोटो र भिडिओ प्रयोग गरेर पैसा असुलेको आरोपमा थाइल्यान्ड प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

‘मिस गोल्फ’ नामले चिनिने ती महिलाले कम्तीमा नौ भिक्षुसँग यौनसम्पर्क गरेको दाबी प्रहरीले गरेको छ।

प्रहरीका अनुसार उनले तीन वर्षमा ब्ल्याकमेलिङमार्फत लगभग ३८ करोड ५० लाख भाट असुल गरेकी छन्। 

अनुसन्धानकर्ताहरूले उनको घरमा खानतलासी गर्दा भिक्षुहरूलाई ब्ल्याकमेल गर्न प्रयोग गर्ने ८० हजारभन्दा बढी तस्बिर र भिडिओहरू फेला पारिएको बताएका छन्।

प्रहरीका अनुसार बैंककका एक प्रमुख भिक्षु अचानक एक महिलाद्वारा ब्ल्याकमेलमा परेर गृहस्थ बनेपछि यो घटना पहिलोपटक जुनको मध्यतिर जानकारी भएको थियो। 

प्रहरीको दाबीअनुसार मिस गोल्फले मे २०२४ मा भिक्षुसँग ‘सम्बन्ध’ बनाएकी थिइन्। महिलाले पछि आफू उनका बच्चाकी आमा भएको दाबी गरिन् र बाल सहयोगमा सात लाख भाटभन्दा बढी माग गरिन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad