इराकको अल-कुटस्थित वासितमा रहेको सपिङ मलमा बुधबार राति आगलागी हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ।
समाचार एजेन्सी रोयटर्सले वासितका गभर्नर मोहम्मद अल-मियाहीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।
सामाजिक सञ्जालमा भाइरल भिडिओमा विशाल भवनको ठूलो भाग आगोमय भएको देखिन्छ।
#BREAKING Fifty people were killed in a massive fire in a hypermarket in al-Kut city in eastern Iraq
स्थानीयले आगो नियन्त्रण गर्न अग्नि नियन्त्रकलाई धेरै घण्टा लागेको बताएका छन्।
एक अधिकारीले रोयटर्सलाई भने, ‘हामीले अहिलेसम्म ५९ शव पहिचान गरेका छौँ, तर एउटा शव यति नराम्ररी जलेको छ कि पहिचान गर्न सम्भव छैन।’
आगलागीको कारण थाहा हुन सकेको छैन।
Shares

प्रतिक्रिया