ग्लोबल


अमेरिकाद्वारा द रेजिस्टेन्स फ्रन्टलाई ‘आतंकवादी संगठन’ घोषणा

अमेरिकाद्वारा द रेजिस्टेन्स फ्रन्टलाई ‘आतंकवादी संगठन’ घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
साउन २, २०८२ शुक्रबार १३:०, काठमाडौँ

अमेरिकाले 'द रेजिस्टेन्स फ्रन्ट' (टीआरएफ) लाई 'विदेशी आतंकवादी संगठन' घोषणा गरेको छ।

अमेरिकाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

विज्ञप्तिमा अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लस्कर-ए-तैयबा  (एलईटी)को एक मोर्चा टीआरएफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणको जिम्मेवारी लिएको छ, जसमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो।’

"यो २००८ मा लस्कर-ए-तैयबाद्वारा गरिएको मुम्बई आक्रमणपछि भारतमा सर्वसाधारणविरुद्ध भएको सबैभन्दा घातक आक्रमण थियो। टीआरएफले २०२४ मा भएको आक्रमणसहित भारतीय सुरक्षा बलहरूविरुद्धका धेरै आक्रमणको जिम्मेवारी पनि लिएको छ।"

भारतका विदेश सचिव विक्रम मिश्रीले मे ७ मा पत्रकार सम्मेलनमा पहलगाम आक्रमणमा टीआरएफलाई दोष दिएका थिए।

उनले भनेका थिए, ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) भन्ने समूहले आक्रमणको जिम्मेवारी लिएको छ। यो समूह संयुक्त राष्ट्र संघले प्रतिबन्धित पाकिस्तानी आतंकवादी समूह लस्कर-ए-तैयबाको मोर्चा हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad