शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट एउटा ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ।
उक्त गाडीसँगै चालक बेपत्ता भएका प्रहरीले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।
स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेटिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको गाडीका चालकको पहिचान खुल्न बाँकी छ। गाडीमा अन्य यात्रु थिएकी थिएनन् त्योसमेत यकिन हुन नसकेको प्रहरीको भनाई छ।

7.5k
Shares

प्रतिक्रिया