शनिबार साँझ रसुवाको गोसाइँकुण्डबाट ‘अन टेस्ट’भ्यान त्रिशूली नदीमा खस्दा बेपत्ता भएका चालकको पहिचान खुलेको छ।
उक्त गाडीका चालक रसुवाकै कालिका गाउँपालिका–३ घर भएका २२ वर्षीय सबिन तामाङ रहेका प्रहरीले जनाएको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ५ चिलिमे पुलस्थित पासाङल्हामु सडकमा गुडिरहेको अवस्थामा एक्कासी ‘अन टेस्ट’ ईभी गाडी त्रिशूली नदीमा खसेको हो।
स्याफ्रुबेँसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने ६ बजेतिर सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
नदीमा खसेको गाडीमा चालक मात्रै सवार थिए।
नदीमा बेपत्ता गाडी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
2.1k
Shares

प्रतिक्रिया