लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्।
किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन्।
लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष जारी राखेका छन्।
सोही सङ्घर्षको निरन्तरता स्वरूप आईतवार काठमाडौँको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका छन्।
किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन्।


36
Shares

प्रतिक्रिया