समाज


अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

नेपालखबर
साउन १०, २०८३ आइतबार २१:५३, काठमाडौँ

प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार र आज काठमाडौँ, झापा, मोरङ, सिराहा, बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी (पश्चिम), कास्की, बाँके र सुर्खेतबाट गरी २७ जनालाई पक्राउ गरेको हो।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट अवैध लागुऔषध गाँजा करिब ३० किलोसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। साथै प्रहरीले पक्राउ परेकाहरूले प्रयोग गरेको बा८३ प ४३७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका–६ बाट एक, भद्रपुर नगरपालिका–५ बाट एक, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका–१ बाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ।

मोरङको कानेपोखरी गाउँपालिका-२ बाट एक र रतुवामाई नगरपालिका-८ कुखरेडाँडाबाट एक, सिराहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट एक, बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर गाउँबाट दुई र गुलरिया नगरपालिका-११ बाट एक, कञ्चनपुरको बेदकोट नगरपालिका-८ गैलनदीबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-७ मनेहरा चोकबाट दुई, गोदावरी नगरपालिका-१ महेन्द्रनगर रोडबाट एक, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट एक, लम्कीचुहा नगरपालिका-७ खरौलाबाट एक जना पक्राउ परेका प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका-५ गेर्मीबाट नियन्त्रित लागुऔषध डाइजेपाम १९८ एम्पुल, फेनारगन १९७ एम्पुल र बुप्रेनोर्फिन १९९ एम्पुलसहित भारत उत्तर प्रदेश महाराजगञ्ज बरगदवा पिपरा बस्ने ३३ वर्षीय सबरे आलमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५६ एक्स १२१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो। 

कास्कीको पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट दुई, बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ बाट एक र सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ राजीगाउँबाट तीन जनालाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad