समाज


चिकित्सकमाथि कुटपिट भएको भन्दै नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द

चिकित्सकमाथि कुटपिट भएको भन्दै नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द

नेपालखबर
साउन १०, २०८३ आइतबार १७:५०, काठमाडौँ

वीरगञ्जको नारायणी अस्पतालमा आकस्मिक सेवासमेत बन्द गरेर चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्।

चिकित्सकहरू आन्दोलनमा उत्रँदा आकस्मिक सेवा बन्द गरेको यो पहिलो पटक हो।

अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शनिबार वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भएको थियो।

मृत्युपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाउँदै प्रदर्शनसहित चिकित्सकमाथि हातपात गरेका थिए। 

अस्पतालले घटनाका बेला उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि जिम्मेवारीबाट हटाएको छ। 

नेपाल चिकित्सक संघ, नारायणी क्षेत्रीय समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने, निलम्बनमा परेका चिकित्सकहरूको निलम्बन फुकुवा हुनुपर्नेलगायत चार सुत्रीय माग अघि सारेर आन्दोलनको घोषणा गरेको हो। 

चिकित्सकहरूले आफ्ना माग पूरा नभएसम्म आकस्मिक सहित सबै सेवा बन्द गर्ने जनाएका छन्।

यसअघि नेपाल चिकित्सक संघले पनि विज्ञप्ति प्रकाशित गरी आन्दोलनको चेतावनी दिएको थियो।

चिकित्सक कुटपिट गर्नेमाथि कारबाही नभए आन्दोलन गर्ने संघको चेतावनी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad