पहिरोका कारण कोदारी राजमार्ग विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। राजमार्ग ठप्प हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ।
अवरुद्ध राजमार्गको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेका छन्। सो क्रममा उनीहरूले सडक सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी लिएका थिए।
राजमार्ग अवरुद्ध भएको लामो समय बितिसक्दा पनि सडक खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्।
१० दिनसम्म पनि यातायात सुचारु हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सडक खुलाउन माग गरेका छन्।
66
Shares

प्रतिक्रिया