आगामी भदौ २६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘बेहुली’को प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा फिल्मका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।
गीतमा भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडले स्वर सुन्न सकिन्छ। नरेश बिबिसीले मिस्किङ तथा मास्टरिङ गरेका छन्।
गीतको भिडिओमा ‘कुल ब्वाई’ का रूपमा चर्चित पारस बम ठकुरी, दिव्या रायमाझीसहित शुसान्त कार्की र पदम तामाङलाई देख्न सकिन्छ।सियोन श्रेष्ठको कोरियोग्राफीमा पारस र दिव्याको केमेस्ट्री निकै सुहाएको छ।
सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको फिल्ममा पारस, दिव्या, सुशान्त र पदमसहित सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन् भने प्रताप शमशेर राणा निर्माता, कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् । कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
Shares

प्रतिक्रिया