चर्चित लोकगायिका सुनिता दुलाल आमा बन्ने भएकी छिन्। गतवर्ष मंसीर १३ गते बिहे गरेकी उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्।
सुनिताले टिकटकमा एक भिडिओ राख्दै यसबारे जानकारी दिएकी हुन्। श्रीमानसँगको टिकटक भिडिओमा उनको बेबी बम्प देखिन्छ। भिडिओ सार्वजनिक भएसँगै उनीहरूलाई बधाईको ओइरो आइरहेको छ।
गतवर्ष प्रेमी राजेश केसीसँग सुनिताले लगनगाँठो कसेकी थिइन्।
हिजो शनिबार मात्रै सुनिताले आफ्नो हिट तीज गीत ‘अब त मैले नि झुम्का लगाउँछु’ लाई नयाँ स्वरुपमा ल्याएकी छिन्। सुनितासहित खुमन अधिकारीको स्वर रहेको गीतको भिडिओमा वर्षा राउत र प्रकाश सपुत फिचर्ड छन्।
लोकदोहोरी क्षेत्रकी स्थापित गायिका दुलालका ‘अब त मैले नि झुम्का लगाउँछु’सहित ‘फुलबुट्टे सारी’, ‘तीज भनेकै नाच्न गाउन हो,’ ‘नाचौं सरर’, ‘अलि फरक भाकी छु यसपाली,’ लगायतका गीतहरू चर्चित छन्।
Shares

प्रतिक्रिया