नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रुपमा साउन १३ गते सञ्चालनमा आउने भएको छ।
नेपालमा आयातित वस्तुलाई सहजै उपभोक्तासम्म पु¥याउन चाइनाबजार सञ्चालनमा ल्याउन लागिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन्। चाइनाबजारले तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर नरहने उनले बताइन्।
‘कम्पनीले चीनका उत्पादकबाट आफै वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पुर्याउँछ,’ सीईओ श्रेष्ठले भनिन्।
स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ। आपूर्ति प्रणालीमा उतारचढाव आउने बजारमा समेत यस मोडेलले स्थिर सेवा दिन सक्ने कम्पनीको दाबी छ।
चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैलीसम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउने भएको छ। आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने कम्पनीले जनाएको छ।
‘नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप सुदृढ बन्दै गएको छ,’ सीईओ श्रेष्ठले भनिन्, ‘चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको छ।’
चाइनाबजार साउन १३ गते ई–कमर्स प्लेटफर्म डब्लु डब्लु डब्लु चाइनाबजार डट कम (www.chynabazar.com) मार्फत औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

प्रतिक्रिया