सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा राजीनामा बुझाएका हुन्।
राजीनामापत्रमा उनले आफ्नो कार्यकालमा उद्योगलाई सुदृढ बनाउन निरन्तर प्रयास गरेको उल्लेख गरेका छन्। पुरानो मेसिनरी संयन्त्र, प्रविधिगत सीमितता तथा चरम आर्थिक अभावका बाबजुद पनि उद्योगलाई सञ्चालनमा राख्न सफल भएको दाबी गर्दै राजीनामापत्रमा हाल क्लिङ्कर उत्पादन र बिक्री प्रक्रिया नियमित रहेको उनले बताएका छन्।
5.6k
Shares

प्रतिक्रिया