रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने अपेक्षा गरिएको छ।
बीबीसीका अनुसार रुसले यो बैठकको तयारी सुरु भइसकेको बताएको छ।
यसअघि ट्रम्पले पनि युक्रेनमा युद्धविरामका सम्बन्धमा चाँडै पुटिनसँग भेट्ने सम्भावना व्यक्त गरेका थिए।
त्यसअघि अमेरिकी राजदूत स्टिभ विटकफले बुधबार रुसका राष्ट्रपति पुटिनसँग मस्कोमा भेटवार्ता गरेका थिए।

युक्रेनमा युद्धविराम गर्न ट्रम्पले रुसलाई सहमतिका लागि दिएको समयसीमा आज शुक्रबार सकिँदै छ।
रोयटर्सका अनुसार, पुटिनका सहयोगी युरी उसाकोभले भनेका छन्, ‘अमेरिकी पक्षको सुझावमा आगामी दिनमा उच्च स्तरमा द्विपक्षीय बैठक गर्ने सहमति भएको छ। यसको अर्थ भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको बैठक हो।’
उसाकोभले दुई नेता भेट्ने ठाउँ तय भइसकेको तर पछि घोषणा गरिने बताएका छन्।
Shares

प्रतिक्रिया