ग्लोबल


ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक

ट्रम्प-पुटिन वार्ता हुनुअघि अमेरिका र बेलायतले गरे युक्रेनसँग बैठक

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स (दायाँ) र बेलायतका विदेशमन्त्री डेभिड ल्यामी।


नेपालखबर
साउन २५, २०८२ आइतबार ७:५८, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र बेलायतका विदेशमन्त्री डेभिड लामीले युक्रेन युद्धबारे सुरक्षा अधिकारीहरूसँग छलफल गरेका छन्।

बीबीसीका अनुसार बैठक शनिबार लन्डननजिकैको केन्टमा रहेको लामीको आधिकारिक निवासमा भएको हो। 

बैठकमा युक्रेनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्का सचिव रुस्तम उमरोभ, जेलेन्स्कीका कार्यालय प्रमुख एन्ड्री येर्माक र बेलायत, अमेरिका, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र नेटोका अधिकारीहरू उपस्थित थिए।

उक्त बैठक अमेरिकाको पहलमा बोलाइएको बताइएको छ।

बैठकमा युरोपका युक्रेनी अधिकारीहरू र राष्ट्रिय सुरक्षा सल्लाहकारहरू पनि उपस्थित थिए।

लामीले भने, ‘युक्रेनलाई बेलायतको पूर्ण समर्थन छ र हामी न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहनेछौँ।’

उक्त अभिव्यक्ति युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई आफ्नो कुनै पनि भूमि नदिने बताएका बेला आएको हो। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउने शुक्रबार अलास्कामा युक्रेनका विषयमा वार्ता गर्दै छन्।

त्यसअघि जेलेन्स्कीले युक्रेनले आफ्नो जमिन नछाड्ने अडान व्यक्त गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad