ग्लोबल


गाजा कब्जा गर्ने इजरायलको योजनाविरुद्ध मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन टर्कीको अपिल

गाजा कब्जा गर्ने इजरायलको योजनाविरुद्ध मुस्लिम राष्ट्रहरूलाई एकजुट हुन टर्कीको अपिल

टर्कीका विदेशमन्त्री हाकान फिदान


नेपालखबर
साउन २५, २०८२ आइतबार ८:१३, काठमाडौँ

टर्कीका विदेशमन्त्री हाकान फिदानले गाजा सहर कब्जा गर्ने इजरायलको योजनाविरुद्ध एक हुन मुस्लिम राष्ट्रहरूलाई अपिल गरेका छन्। 

समाचार एजेन्सी रोयटर्सका अनुसार, शनिबार इजिप्टमा भएको वार्तापछि फिदानले इजरायलको योजनाको अन्तर्राष्ट्रिय स्तरमा विरोध गरिनुपर्ने बताए।

इजिप्ट र टर्की दुवैले शुक्रबार गाजा सहर नियन्त्रण गर्ने इजरायलको योजनाको निन्दा गरे।

टर्कीले यसलाई 'इजरायलको नरसंहार र विस्तारवादी नीतिहरूको नयाँ चरण' भनी टिप्पणी गरेको छ र यसलाई रोक्न विश्वव्यापी स्तरमा कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएको छ। 

शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहर कब्जा गर्ने आफ्ना प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको योजना अनुमोदन गरेको छ।

इजरायली सेनाले गाजा सहर नियन्त्रण गर्न र युद्ध अन्त्य गर्न काम गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad