भारतीय प्रान्त राजस्थानको दौसामा बुधबार बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू सवार कार रोकिराखेको पिकअप ट्रकसँग ठोकिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनहरूको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएको हो।
दुर्घटनामा ७ बालबालिका र ३ महिलाको मृत्यु भएको छ।
दुर्घटनाबारे प्रहरी अधीक्षक सागर राणाले भने, ‘खाटुश्याम मन्दिरबाट आएका भक्तजनहरू दुर्घटनाको सिकार भएको जानकारी प्राप्त भएको छ। अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट आएको छ। करिब ७-८ जनालाई जयपुरको एसएमएस अस्पतालमा रेफर गरिएको छ।’
177
Shares

प्रतिक्रिया