ग्लोबल


आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण

आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण

शुक्रबार बिहान महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
साउन ३०, २०८२ शुक्रबार ८:२०, काठमाडौँ

भारतले आज (अगस्ट १५) आफ्नो ७९औँ स्वतन्त्रता दिवस मनाइरहेको छ।

सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएका छन्।

लाल किल्लामा तिरंगा फहराउँदै मोदी।

त्यसअघि उनले राजघाट पुगेर महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

लाल किल्लामा तिरंगा फहराएपछि प्रधानमन्त्री मोदीले राष्ट्रलाई सम्बोधन गरेका छन्। 

प्रधानमन्त्री बनेयता मोदीले स्वतन्त्रता दिवसमा लगातार १२औँ पटक लाल किल्लाको पर्खालबाट भाषण दिएका हुन्। 

कार्यक्रममा देशभरबाट छानिएका २६ राज्य र केन्द्र शासित प्रदेशका ८५ गाउँका सरपञ्चहरूलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ। 

लाल किल्ला र वरपरका क्षेत्रमा बहुस्तरीय सुरक्षा व्यवस्था गरिएको छ। ११ हजारभन्दा बढी सुरक्षाकर्मी र ३ हजार ट्राफिक प्रहरी तैनाथ गरिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad