डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनसँगको शिखर बैठकमा जाँदै गर्दा विमानमा रहेका संवाददाताहरूसँग कुरा गरेका छन्।
भूमि साटासाट गर्ने विषयमा कुराकानी हुन्छ भन्ने प्रश्नमा ट्रम्पको जवाफ छ, ‘यसका बारेमा छलफल हुन्छ। तर, मैले निर्णय गर्ने जिम्मा भने युक्रेनलाई दिनुपर्ने हुन्छ। र, मलाई लाग्छ, उनीहरूले सही निर्णय गर्नेछन्।’
आफू युक्रेनका पक्षबाट पुटिनसँग सम्झौता गर्न नगएको उनको भनाइ छ। ट्रम्पले आफू नभएको भए पुटिनले युक्रेनको सारा भूमि कब्जा गर्ने दाबी पनि गरे।
‘तर अब उनले त्यसो गर्ने छैनन्,’ ट्रम्प भन्छन्।
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन सकिने संकेत त गरे तर त्यो नेटोभन्दा बाहिरबाट हुने बताए।
साथै, पुटिनले युद्ध अन्त्य गर्न नमाने एकदमै गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी उनले दिए।
पुटिनको प्रतिनिधिमण्डलमा धेरै व्यापारीहरू रहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘मलाई त्यो कुरा ठिक लाग्यो। तर, युद्ध अन्त्य नभइन्जेल हामी व्यापार गर्ने छैनौँ। युद्ध रोकिनुपर्छ, मारामार रोकिनुपर्छ।’ एजेन्सी
Shares

प्रतिक्रिया