ग्लोबल


ट्रम्पका पूर्वसल्लाहकारको टिप्पणी: ‘वार्तामा पुटिनले जिते’

ट्रम्पका पूर्वसल्लाहकारको टिप्पणी: ‘वार्तामा पुटिनले जिते’

नेपालखबर
साउन ३१, २०८२ शनिबार ६:५, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले वार्तामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको जित भएको टिप्पणी गरेका छन्। 

युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच अमेरिकाको अलास्कामा नेपाली समयअनुसार शुक्रबार मध्यराति भएको वार्तापछि बोल्टनले उक्त प्रतिक्रिया दिएका हुन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले भने, ‘पुटिनले जिते, ट्रम्पले यस बैठकबाट धेरै फाइदा उठाउन सकेनन्।’

बोल्टनले पुटिनले आफ्नो उद्देश्यअनुरूप सम्बन्ध पुनर्स्थापित गर्न धेरै प्रगति गरेको बताए। 

उनले भने, ‘पुटिनले आफ्नो देशलाई प्रतिबन्धबाट बचाए र युद्धविरामको सामना गर्नु परेन।’

उनका अनुसार अर्को बैठक निर्धारण भएको छैन। 

उनले थपे, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई यसबारे पहिले नै केही भनिएको थिएन। समग्रमा पुटिनले आफूले चाहेको सबै कुरा हासिल गरे।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad