ग्लोबल


पुटिनसँग भेटवार्तापछि ट्रम्पले भने: अब जेलेन्स्कीसहितको बैठक गर्ने तयारी गर्दै छौँ

पुटिनसँग भेटवार्तापछि ट्रम्पले भने: अब जेलेन्स्कीसहितको बैठक गर्ने तयारी गर्दै छौँ

नेपालखबर
साउन ३१, २०८२ शनिबार ८:१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युद्धविरामको विषय अब युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन्।

शुक्रबार अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्तापछि फक्स न्युजलाई अन्तर्वार्ता दिँदै उनले अब चाँडै जेलेन्स्की,  आफू र पुटिनबीच त्रिपक्षीय वार्ता हुने बताएका हुन्।

‘अब यो पूरा गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हातमा छ’, ट्रम्पले भनेका छन्, ‘हामी जेलेन्स्की, पुटिन र मसहितको बैठकको तयारी गर्दै छौँ।’

पुटिनसँगको वार्ताले युद्ध अन्त्यको धेरै नजिक पुर्‍याएको उल्लेख गर्दै ट्रम्पले अब यसमा युक्रेनले सहमति जनाउनुपर्ने बताएका छन्।

अन्तर्वार्तमा उनले भनेका छन्, ‘ (जेलेन्स्कीले) सम्झौता गर्नैपर्छ।’

यसअघि नेपाली समयअनुसार शुक्रबार मध्यराति अलास्कामा युक्रेन युद्धबारे ट्रम्प र पुटिनबीच ३ घण्टा लामो भेटवार्ता भएको थियो।

तर दुई नेताबीच कुनै ठोस सहमति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

३ घण्टा लामो बैठकपछि पुटिन र ट्रम्पले केवल १२ मिनेट संयुक्त पत्रकार सम्मेलन गरेका थिए। 

यस क्रममा पुटिनले रुसको सुरक्षा सर्वोपरि रहेको बताए। उनले अर्को बैठक मस्कोमा गर्नुपर्ने प्रस्ताव सुनाए। 

उता ट्रम्पले केही मुद्दामा कुनै सहमति नभए पनि समग्रमा कुराकानी सकारात्मक रहेको बताए।

तर दुवैले कुन-कुन बुँदामा के सहमति भयो भन्ने कुरा खुलाएनन्।

आफ्ना कुरा भनिसकेपछि दुवै नेता तुरुन्तै मञ्चबाट बाहिरिएका थिए र पत्रकारहरूले गरेका प्रश्नको जवाफ पनि दिएनन्।

ट्रम्प-पुटिन भेटका केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad