यसपटक युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्प भेट्न सुट लाएर ह्वाइट हाउस पुगेका छन्।
भेटवार्ताअघि ट्रम्पको सचिवालयले छलफलका लागि आउँदा जेलेन्स्कीलाई सुट लगाउने कि कि लगाउने भनेर सोधेको थियो।
गत फेब्रुअरी अन्त्यमा ह्वाइट हाउसमा ट्रम्पले जेलेन्स्कीलाई झपार्नुका कारणमध्ये उनले सुट नलगाउनु पनि एक भएको मानिएको थियो। त्यसबेला जेलेन्स्की लडाकु पोसाकमै ह्वाइट हाउस पुगेका थिए।
ट्रम्पको सचिवालयले त्यति बेला पनि जेलेन्स्कीले सुट लगाएको भए राम्रो हुन्थ्यो भनेर युक्रेनी अधिकारीलाई भनेको थियो।
यसपटक भने जेलेन्स्की सुट लगाएर ह्वाइट हाउस पुगेका हुन्।

अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार (नेपाली समयअनुसार गएराति) ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका हुन्।
तर यो भेटघाटको विवरण अहिलेसम्म खुलाइएको छैन।
यद्यपि ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कुराकानीपछि आफूले भोलोदिमिर जेलेन्स्की र भ्लादिमिर पुटिनबीच भेटघाटको व्यवस्था गर्न खोजिरहेको बताएका छन्।
Shares

प्रतिक्रिया