ग्लोबल


ट्रम्पसँग भेटवार्तापछि जेलेन्स्कीले भने: ‘लामो र विस्तृत कुराकानी’ भयो

ट्रम्पसँग भेटवार्तापछि जेलेन्स्कीले भने:  ‘लामो र विस्तृत कुराकानी’ भयो

नेपालखबर
भदौ ३, २०८२ मंगलबार ८:१५, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूले युक्रेन र रुसबीच शान्ति सम्झौता गर्ने विषयमा सोमबार ह्वाइट हाउसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।

बैठकपछि जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग ‘लामो र विस्तृत कुराकानी’ भएको बताएका छन्। यस क्रममा युक्रेनको सुरक्षा ग्यारेन्टीसहित धेरै महत्त्वपूर्ण विषयमा छलफल गरिएको उनको भनाइ छ। 

उनले भने, अमेरिकाले युक्रेनको सुरक्षा ग्यारेन्टीलाई समर्थन गरेको छ। यसका अलावा युद्धबन्दी र नागरिकहरूको रिहाइमा पनि सहमति भएको छ।

जेलेन्स्कीले आफू त्रिपक्षीय बैठकका लागि पनि तयार रहेको बताएका छन्। तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने वार्ताको मिति अझै तय नभएको उनले उल्लेख गरेका छन्। 

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बैठकका लागि ट्रम्प र युरोपेली नेताहरूलाई धन्यवाद दिएका छन्। उनले भनेका छन्, युरोप र अमेरिकाबीचको ‘एकताको उत्कृष्ट उदाहरण’ हो।

यसअघि अगस्ट १५ मा अलास्कामा पुटिनसँग भेट गरेपछि ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूलाई शान्ति वार्ताका लागि ह्वाइट हाउसमा आमन्त्रण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad