ग्लोबल


भारतले वायुसेनाका लागि ९७ एलसीए मार्क १ए लडाकु विमान किन्ने

भारतले वायुसेनाका लागि ९७ एलसीए मार्क १ए लडाकु विमान किन्ने

नेपालखबर
भदौ ४, २०८२ बुधबार ६:३९, काठमाडौँ

भारत सरकारले मंगलबार भारतीय वायुसेना (आईएएफ) का लागि ९७ एलसीए मार्क १ए लडाकु विमान खरिद गर्न ६२ हजार करोडको परियोजना अनुमोदन गरेको छ।

रक्षा स्रोतले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार उच्चस्तरीय बैठकमा लडाकु विमान खरिदलाई अन्तिम स्वीकृति दिइएको हो। 

यसले हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) लाई यी विमान बनाउन अर्डर प्राप्त गर्ने बाटो पनि लगभग खुला गरिदिएको छ। मेक इन इन्डिया पहललाई प्रवर्द्धन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले एचएएलको सुधारमा निरन्तर जोड दिइरहेका छन्।

मोदी सरकारका पालामा एचएएलले सबै प्रकारका स्वदेशी लडाकु विमान, हेलिकप्टर र तिनका इन्जिन बनाउने अर्डर प्राप्त गरेको छ। एलसीए मार्क १ए लडाकु विमानका लागि यो एचएएललाई दोस्रो अर्डर हो। यसअघि सरकारले एचएएललाई ८३ विमान बनाउन आदेश दिएको थियो।

एलसीए मार्क-१ए तेजस विमानको उन्नत संस्करण हो। यसले एभियोनिक्स र राडार प्रणाली अपग्रेड गरेको छ। एलसीए मार्क-आईएको ६५ प्रतिशतभन्दा बढी उपकरण भारतमा बनाइन्छ। तेजस पनि एचएएलद्वारा विकास गरिएको हो। यो एकल इन्जिन भएको हलुका लडाकु विमान हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad