ग्लोबल


विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले थाल्यो गाजा कब्जा अभियान

यो सैन्य अपरेसनलाई रक्षामन्त्री इजरायल काट्जले अनुमोदन गरिसकेका छन्।


नेपालखबर
भदौ ५, २०८२ बिहिबार ८:२६, काठमाडौँ

विश्वव्यापी आलोचनाका बाबजुद इजरायलले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही सुरु गरेको छ।

इजरायली सेनाले गाजा सहरको बाहिरी भाग नियन्त्रणमा लिइएको बताएको छ।

सैन्य प्रवक्ताका अनुसार कब्जाको तयारीका लागि जैतुन र जबालिया क्षेत्रमा सेना पहिले नै तैनाथ छन्।

यो सैन्य कारबाहीलाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए र यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्‌मा प्रस्तुत गरिनेछ।

गाजामा असुरक्षित भएपछि निस्केका स्थानीय।

अन्तर्राष्ट्रिय समुदायले इजरायलको यो कदमको कडा विरोध गरिरहेको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार, हमासले इजरायललाई युद्धविराम सम्झौतामा बाधा पुर्‍याएको र 'निर्दोष नागरिकह विरुद्ध बर्बर युद्ध जारी राखेको' आरोप लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad