ग्लोबल


रुसको आरोप: युक्रेनले हाम्रो आणविक स्थलमा आक्रमण गर्‍यो

रुसको आरोप: युक्रेनले हाम्रो आणविक स्थलमा आक्रमण गर्‍यो

युक्रेनले अगस्ट २४ मा आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ।


नेपालखबर
भदौ ८, २०८२ आइतबार १५:१०, काठमाडौँ

रुसले युक्रेनले आफ्नो आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको आरोप लगाएको छ। 

रुसी अधिकारीहरूले रुसको पश्चिमी कुर्स्कमा रहेको आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइसकेको र वायु रक्षा प्रणालीले युक्रेनी ड्रोनलाई खसालेको बताएका छन्।

मेसेजिङ एप टेलिग्राममा रहेको प्लान्टको अकाउन्टमा गरिएको पोस्टअनुसार ड्रोन खस्दा विस्फोट भएको र ट्रान्सफर्मरमा क्षति पुगेको छ। तर विकिरणको स्तर सामान्य रहेको र कुनै हताहत नभएको उल्लेख छ। 

यो घटना त्यतिबेला भएको हो, जतिबेला (अगस्ट २४) युक्रेनले आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ। 

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले युद्धको समयमा आणविक प्रतिष्ठानवरिपरि अधिकतम संयम अपनाउन रुस र युक्रेन दुवैलाई बारम्बार आह्वान गरेको छ।

युक्रेनले भने कुर्स्कमा रहेको आणविक स्थलमा आक्रमण गरेको आरोपमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad