ग्लोबल


भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न

भारतमा भीषण वर्षा, दिल्लीसहित धेरै ठाउँ जलमग्न

नेपालखबर
भदौ ९, २०८२ सोमबार ७:३७, काठमाडौँ

राजधानी दिल्लीलगायत भारतभर भारी वर्षा जारी छ। वर्षाका कारण धेरैवटा राज्य बाढीमय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

वर्षाकै कारण राजस्थान राज्यका धेरै जिल्लामा सोमबार सबै विद्यालय बन्द गराइएको छ। 

पन्जाबको पठानकोटका धेरै ठाउँ जलमग्न भएका छन्। 

पन्जाबको पठानकोटमा बाढीले भत्काएको घर।

उत्तराखण्डको चमोलीमा भीषण बाढी-पहिरोपछि भारतीय मौसम विभागले चेतावनी जारी गरेको छ।

थराली प्रहरी चौकीले स्थानीय बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।

वर्षाका कारण जम्मु-कश्मीरका धेरै क्षेत्रमा आवागमनमा असर परेको छ। 

स्थानीय प्रशासनले धेरै जिल्लामा अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन स्थानीयलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad